Thursday, July 7, 2016

नक्कली परीक्षार्थी पक्राउ

अछाम, २३ असार । शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तहको दोस्रो वर्षको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
अर्काको नाउँबाट परीक्षा दिइरहेका बेला भटाकाटिया गाविस–३ का २३ वर्षीय पदमबहादुर साउद पक्राउ परेका हुन् । साउदलाई अछाम बहुमुखी क्याम्पसको परीक्षा कक्षबाट परीक्षा दिँदै गर्दा पक्राउ गरिएको हो । उनी भटाकाटिया गाविस घर भई हाल कैलाली जिल्लाको टीकापुर बस्दै आएका टेकबहादुर साउदका नामबाट परीक्षा दिँदै थिए ।

अभियुक्त पदमबहादुर प्रहरी हिरासतमा रहेको र उनलाई नक्कली परीक्षा दिई किर्ते काम गरेबापत हुने कारबाही गरिने अछामका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts