Thursday, July 7, 2016

भूकम्पपीडितको छात्रवृत्ति बेचिएको आरोप

काठमाडौँ, २३ असार । भूकम्पपीडितले आठ सयभन्दा बढी विद्यार्थीका लागि सरकारले उपलब्ध गराएको छात्रवृत्ति लेनदेनमा बिक्री गरिएको आरोप लगाएका छन् ।

यहाँ आज पत्रकार सम्मेलन गर्दै भूकम्पपीडितले सरकारले छात्रवृत्ति उपलब्ध गराएपछि सिटिइभिटीले अपारदर्शी रुपमा विद्यार्थीको विवरण सार्वजनिक नगरी घोटाला गरेको आरोप लगाए ।
तारकेश्वर नगरपालिका–७ का राजकुमार परियारले सिटिइभिटीबाट दिइएको छात्रवृत्ति अपारदर्शी बनाइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “छात्रवृत्तिमा आर्थिक लेनदेन गरिएको छ, छात्रवृत्तिको परीक्षामा लगभग दुई सय जना मात्रै विद्यार्थी सहभागी भएकामा आठ सय जनालाई कसरी छात्रवृत्ति दिइयो ?”

सिटिइभिटीसँगै राष्ट्रिय दलित आयोगले समेत आफूहरुलाई बेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो । उहाँले शिक्षामन्त्रीसहित सरकारले छानबिन गरेर वास्तविक भूकम्पपीडितलाई दिइएको छात्रवृत्तिको दुरुपयोग रोक्नुपर्ने माग गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts