काठमाडौँ, ११ साउन । काठमाडौँमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
ओखलढुङ्गा घर भई हाल काठमाडौँ महानगरपालिका–६ बस्ने सिर्जना कटवालको खाटबाट खसेर मृत्यु भएको छ । खाटबाट खसेपछि बेहोस भएकी कटवाललाई आज बिहान उपचारका लागि नेपाल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा निधन भएको प्रहरीले जनाएको छ ।
यस्तै आज बिहानै अकस्मात बेहोस हुँदा एक व्यक्तिको मृत्यु भएको छ । टोखा नगरपालिका–१२ ग्रिनल्यान्डस्थित भाउजू मर्मिता पाठकको डेरामा बस्ने नवलपरासी गैँडाकोट धुम्सी–९ का ३२ वर्षीय रामचन्द्र पाठकको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment