Tuesday, July 12, 2016

जोखिम झेल्दै जाजरकोटका बस्ती

जाजरकोट, २९ असार । यहाँका विभिन्न गाविसका पहिरोका कारण जोखिमयुक्त बस्तीका स्थानीयले रातभर घरमा सुत्न नसक्ने बताएका छन् ।

जिल्लाका भगवती गाविसको वडा नं ३ औलगुत्ता, दह गाविसको वडा नं ५, डाँडागाउँ गाविसको वडा नं ३ र रामीडाँडा गाविसका ३ र ४ का बस्तीका स्थानीय जोखिममा परेका हुन् । जोखिममा रहेका बस्तीमा ५२१ घरधुरी रहेका छन् ।

वर्षायाममा यी बस्तीका स्थानीय पहिरोको डरले गर्दा घर छोडेर जीवन बचाउन रातभर जाग्राम बस्ने गरेको भगवतीका दलबहादुर सिंहले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts