Tuesday, July 12, 2016

अवरुद्ध रुद्रवेणी–वामीटक्सार सडकखण्ड खुल्यो

गुल्मी, २९ असार । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डमा अविरल वर्षासँगै पहिरोका कारण गत एक हप्तादेखि अवरुद्ध मोटरबाटो सञ्चालनमा आएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले तुराङ, जोहाङ र अश्लेवालगायतका गाविसका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध बनेको थियो ।

जिल्लाको अति व्यस्त मानिने सोही कच्ची सडकखण्ड खुलाउन निरन्तर डोजरको लगाएर पहिरो फालेपछि अवरुद्ध मोटरबाटो मंगलबार साँझदेखि सञ्चालनमा ल्याइएको तम्घास–सिमलटारी सडक आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिनुभयो ।

मोटरबाटो सञ्चालन भएसँगै सयाँै सवारीका साधन बस, मालबाहक ट्रक, जिप, ट्र्याक्टरलगायतका सवारीसाधन सो बाटो हुँदै बुटवल, काठमाडाँै आवतजावत गरेको समेत इन्जिनियर शाहले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts