Tuesday, July 5, 2016

मन्त्री शर्माद्वारा दुःख व्यक्त

काठमाडौँ, २१ असार । सामान्य प्रशासनमन्त्री रेखा शर्माले अविरल वर्षाको कारण प्यूठान जिल्लाका विकट गाविस रजबारा–३ र पुजा–३ मा पहिरोमा पुरिएर आठजनाको मृत्यु भएको घटनाले आफूलाई दुखित बनाएको बताउनुभएको छ ।

आज एक विज्ञप्ति जारी गरी मन्त्री शर्माले यस दुःखद् घडीमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतक परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

मृतक परिवारलाई सरकारको तर्फबाट उचित राहत तथा क्षतिपूर्ति दिलाउन आपूले पहल गरिरहेको जानकारी दिँदै उहाँले पीडितको उद्धार तथा राहतका लागि सधैं क्रियाशील रहिरहने प्रतिबद्धता जनाउनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts