Friday, July 15, 2016

अविश्वासको प्रस्ताव निक्र्यौल भएपछि मात्रै बजेटसम्बन्धी विधेयक अगाडि बढाइने

काठमाडौँ, ३१ असार । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकार अल्पमतमा परिसकेकाले बजेटसँग जोडिएका विधेयक पारित गर्न आफूहरु तयार नरहेको जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले बजेटसँग जोडिएका विधेयक तथा ऐन नयाँ सरकार गठन भएपछि मात्रै अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

नेकपा(एमाले) नेतृत्वको सरकारबाट आफूहरु बाहिरिएपछि सरकार पूर्णरुपमा अल्पमतमा परेको, सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता भइसकेको अवस्थामा सरकार पक्ष विधेयक अगाडि बढाउन नमिल्ने भएकाले नयाँ सरकार गठनपछि मात्रै प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन एवम् समग्र राजनीतिक विषयमा छलफल भएको थियो ।

बैठकमा नयाँ सरकार गठन, सरकारमा पार्टीको तर्फबाट अपनाउनुपर्ने नीतिलगायतका विषयमा समेत छलफल भएको प्रवक्ता भुसालले बताउनुभयो । बैठक भोलि शनिबार बिहान पुनः बस्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts