काठमाडौँ, ३० असार । अक्षराङ्कन प्रणालीमा रहेका कमजोरी सच्याउन सरोकारवाला र विज्ञले सुझाव दिएका छन् ।
नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइरालाले नयाँ प्रणालीले शिक्षकलाई पेसाप्रति जिम्मेवार बनाउन नसक्ने बनाउन सक्ने बताउनुभयो ।
नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलालेले सरकारले हचुवाको भरमा एसएलसी परीक्षामा गरेको लेटर ग्रेडिङले विद्यार्थीलाई बजारिया वस्तुको स्थितिमा लगेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गरिब परिवारका विद्यार्थीलाई राज्यले नै ११÷१२ पढ्न रोक्ने काम गरेको छ, यो अवस्था अन्त्य गर्न सरकार गैरजिम्मेवार बन्नु दुःखद् विषय हो ।”
प्राध्यापक डा तीर्थ पराजुलीले लेटर गे्रडिङका क्रममा अन्डरग्रेडिङको व्यवस्था नगरिँदा अहिलेको समस्या आएको बताउँदै भन्नुभयो, “यो पटक लेटर गे्रडिङ गर्न सफल भएको छ, तर अन्डरग्रेडिङको कोलम नराखेर सरकार चुक्यो ।”
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले लेटर गे्रडिङमा डि र ई ल्याएका विद्यार्थीलाई उच्च शिक्षा पढ्न सक्ने नीति बनाउन मन्त्रालय लागिरहेको जानकारी दिनुभयो ।
उहाँले विज्ञान विषय पढ्ने विद्यार्थी सहर बजारमै रहन खोज्नुले अहिलेको समस्या आएको उल्लेख गर्दै दुर्गममा विज्ञान विद्यालय सञ्चालन गर्दा विद्यार्थी नै नपाएर विद्यालय बन्द गर्नुपर्ने स्थितिमा पुगेको उहाँले बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment