काठमाडौ । अस्ट्रेलियामा रहेका जुडो खेलाडी मोहन बमले इन्टरनेसनल जुडो फेडेरेसन (आईजेएफ) एकेडेमी लेभल– १ मा समग्रमा सर्वाधिक ९४ प्रतिशत अंक प्राप्त गरेका छन् । तालिममा मोहनसहित अस्ट्रेलियाबाट १८ र न्युजिल्यान्डबाट १ गरी २० जना सहभागी थिए ।
सैद्धान्तिक पक्षमा ९७ प्रतिशत, टाची वाजामा ९० प्रतिशत तथा नेवाजामा ९० प्रतिशत अंक हासिल गरेको मोहनले जानकारी गराए ।
तालिम र परीक्षा आईजेएफका स्पोर्ट डाइरेक्टर फ्लोरिन डानियल लास्काउ, ओलम्पिक तथा विश्व जुडो च्याम्पियन मार्क हुइजिङ, सातौं डान पिरो कोमिनो, आईजेएफ एजुकेसन÷डेभलोप्मेन्ट÷एकेडेमी डाइरेक्टर इन्भिक गालिया तथा आईजेएफ एकेडेमी एडमिनिसट्रेसन डाइरेक्टर डा. तिबोर कोजस्लाले सञ्चालन गरेको बताइएको छ ।
उनले तालिमबाट धेरै कुरा सिक्ने अवसर पाएको र यो अवसर प्रदान गरेकोमा अस्ट्रेलियन जुडो महासंघलाई धन्यवाद दिए । उनले आफूले सिकेको कुरा सम्बद्ध अरुलाई बाँडन चाहेको बताए । तालिम ११ हप्तासम्म चलेको थियो ।
Sunday, July 24, 2016
मोहनलाई सर्वाधिक अंक
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment