काठमाडौ । ब्राजिलको रियो दि जेनेरियोमा ५ देखि २१ अगस्टसम्म हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो कम्पनीको तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक सदस्यलार्ई उपहार स्वरुप हस्तान्तरण गरिएको हो ।
नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टिएनटी इन्टरनेसनल कम्पनीले प्रदान गरेको उपहार खेलाडीहरुलाई प्रदान गरेका थिए । श्रेष्ठले आगामी दिनमा अन्य खेलहरुमा सहभागीता जनाउदा पार्टनरका रुपमा तोम्बुला ब्रान्डसँग सहकार्य गर्न सकिने अभिव्यक्ती दिएका थिए । टिएनटी इन्टरनेसनलका सिइओ स्टेवार्डले आफू पनि तेक्वान्दो खेलाडी भएको नाताले खेल र खेलाडीका लागि सधै सहयोग गर्ने बताए । उनले नेपाल ब्याडमिन्टन संघसँग समेत सहकार्य गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, एनओसीकी उपाध्यक्ष ज्योती राणा, एनओसी सदस्य निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यसैगरि टिएनटीबाट लि गुओ जिइ र रेवत रानाको उपस्थिति रहेको थियो ।
Sunday, July 24, 2016
ओलम्पिक खेल्ने खेलाडीलाई तोम्बुलाको उपहार
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment