Sunday, July 24, 2016

प्रधानमन्त्रीद्वारा संसदबाट राजिनामा घोषणा

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

आफूविरुद्ध व्यवस्थापिका–संसदमा परेको अविश्वासको प्रस्तावको जवाफ दिँदै उहाँले नयाँ प्रधानमन्त्री निर्वाचनका निम्ति सहज मार्ग प्रशस्त होस् भन्ने हेतुले राजिनामा पेस गरेको र साथै बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको सदनलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउका निम्ति मन्त्रिपरिषद्को आजैको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी पनि सदनलाई दिनुभयो । आज जारी व्यवस्थापिका–संसद्को बैठक अहिले १५ मिनेटका लागि स्थगन भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts