काठमाडौ । नेपाल ‘बी’ ले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल ‘बी’ ले भारत ‘ए’ लाई ३–२ ले पराजित ग¥यो । टिम इभेन्टमा पाँच सिंगल्स खेल समावेश थियो ।
पहिलो सिंगल्समा भारतका प्रकाशले नेपालका रञ्जन सुब्बालाई ११–९, १२–१० र ११–३ को सोझो सेटमा पराजित गरे । त्यस्तै अन्य सिंगल्समा नेपालका धर्ममान वज्राचार्यले भारतका कुमुद राईलाई ९–११, ११–७, ११–६ र ११–३, नेपालका किरण श्रेष्ठले भारतका अविनाश कोथारीलाई ११–५, ११–२, ५–११ र ११–५, भारतका प्रकाशले नेपालका धर्ममानलाई १०–१२, ११–५, ११–७ र १४–१२ तथा नेपालका रञ्जनले भारतका कुमुदलाई १२–१०, ४–११, ८–११, ११–३ र ११–८ ले हराएका थिए ।
नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० वर्षमाथि टिम इभेन्टमा भारत ‘ए’ ले नेपाल ‘बी’ लाई ३–१ ले फाइनलमा पाखा लगायो ।
Sunday, July 24, 2016
नेपाल ‘बी’ पहिलो
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment