Tuesday, July 19, 2016

नेप्से परिसूचक नयाँ उचाइमा

काठमाडौँ, ४ साउन । धितोपत्र बजारमा नेप्से परिसूचक १३.९ अङ्कले वृद्धि भई एक हजार ८०० बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार दैनिक नयाँनयाँ ‘रेकर्ड’ कायम गर्दै अगाडि बढेको बजारले आज थप अर्को ‘रेकर्ड’ कायम गरेको हो । बजार खुल्नेबित्तिकै एक हजार ८१३ अङ्कमा पुगेको नेप्से पछि थामिएर एक हजार ८००.३२ अङ्कमा कायम रह्यो ।

कुल १३९ कम्पनीको सेयर कारोबार भएकामा २९ लाख २ हजार १२७ कित्ता सेयर खरिद बिक्री भएका छन् । रु दुई अर्ब १४ करोड ८६ हजार ४८५ मूल्य बराबरको सेयर कारोबार भएको स्टकले जनाएको छ ।

आज विशेषगरी पाँच समूहको सेयर बढेको छ भने तीन समूहको सेयर घटेको छ । बैंकिङ २.१३, होटल १.७५, विकास बैंक ०.९१, फाइनान्स १.०४ र उत्पादन समूह १.५१ प्रतिशतले बढेको छ भने जलविद्युत् ०.३७, बिमा २.५८ र अन्य समूहको सेयर १.९८ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी सेयर माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको रु तीन लाख ४७ हजार ३८ कित्ता सेयर खरिद बिक्री भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts