Tuesday, July 19, 2016

डा केसीको जीवनरक्षाका लागि बारको ध्यानाकर्षण

काठमाडौँ, ४ साउन । नेपाल बार एसोसिएसनले चिकित्सा क्षेत्रको सुधारको विषयलाई लिएर अनशनमा बस्नुभएका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाको पहल गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

बारका महासचिव खम्मबहादुर खातीले आज प्रेस विज्ञप्ति जारी गरी नेपालको चिकित्सा शिक्षा र सेवा गुणस्तरीय सेवाको अडान राखी पटक–पटक भोक हडतालमा बस्नुभएका केसीको जीवनरक्षाका लागि सम्बन्धित निकाय ध्यान दिनुपर्ने उल्लेख छ ।

भोक हडतालका कारण दिनप्रतिदिन उहाँको स्वास्थ्यस्थिति बिग्रँदै गएकाप्रति बारको गम्भीर ध्यानाकर्षण भएको निजको जीवनका रक्षाका लागि पहल कदमी गर्न विज्ञप्तिमा माग गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts