काठमाडौँ, ३० असार । आदिकवि भानुभक्त आचार्यको २०३ औँ जन्मजयन्तीको अवसरमा तीर्थ स्मृति प्रतिष्ठानले आज यहाँ महाकाव्यकार भुवनहरि सिग्देल र कवि रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ लाई सम्मान गरेको छ ।
सिग्देलका ११ खण्डकाव्य, छ उपन्यास, चार महाकाव्य, तीन निबन्ध सङ्ग्रह लगायत कृति प्रकाशित छन् । त्यसैगरी शुक्राचार्यका ‘कविता कुसुम’, ‘नेपाली झ्याउरे, ‘नेपाली आवाज’, ‘भानुभक्तलाई चिट्टी’, ‘आधुनिक दृक्पञ्चाङ्ग’, ‘प्रगतिशील पात्रो’ लगायत कृति प्रकाशित छन् । उहाँहरुको व्यक्तित्व र कृतित्वका बारेमा साहित्यकार क्रमशः कोशराज न्यौपाने र श्याम रिमालले जानकारी दिनुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र तीर्थ स्मृति प्रतिष्ठानद्वारा संयुक्त रुपमा ्आयोजित कार्यक्रममा रामबहादुर पहाडी, डम्बर घिमिरे, भाग्यशाली अधिकारी, श्रीहरि फुयाँल, बमबहादुृर जिताली, डा रामप्रसाद ज्ञवाली डा देवी नेपाल, डा बलदेव अधिकारी, रमेश शुभेच्छु, कमला ज्योति, प्रेक्षा लम्साल, सुदेश सत्याल, लगायतले छन्दोबद्ध कवितामार्फत राष्ट्रिय एकता, भाषाको शुद्धीकरण आदि विषय उठाउनुभएको थियो ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रतीले नेपाली भाषाको छन्दमा हुने लय र कर्ण माधुर्यले हाम्रो अभिव्यक्तिमा ठूलो महत्व राखेको बताउँदै यसको तागतलाई पहिचान गरी नेपाली कविताको मौलिकतालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्राज्ञ हेमाङ्गराज अधिकारी, तीर्थ स्मृति प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने र सचिव विश्वमणि पौडेलले तीर्थ प्रतिष्ठानका गतिविधि र छन्दोबद्ध कविताको महत्वबारे प्रकाश पार्नुभएको थियो । रासस
Thursday, July 14, 2016
कवि सिग्देल र शुक्राचार्य सम्मानित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment