महोत्तरी, ३० असार । बर्दिवास नगरपालिकालाई आज एकैसाथ खुला दिसामुक्त तथा पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको छ ।
महोत्तरीको बर्दिवास सेवा केन्द्रमा आयोजित कार्यक्रममा जिल्लाको पहिलो तथा २ नं प्रदेशको दोस्रो नगरपालिकाका रुपमा खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको हो ।
त्यसैगरी आजै सोही कार्यक्रममा बर्दिवास नपालाई २ नं क्षेत्रको पहिलो पूर्ण साक्षर नपा घोषणा गरियो ।
गत फागुन २८ गते बर्दिवास नपालाई खुलादिसामुक्त तथा पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने तयारी गरिए पनि विविध कारणबस अन्तिम समयमा आएर स्थगित गर्नु परेको नपाका कार्यकारी अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँले यस क्षेत्रका हरेक जनताको सहयोगबाट एकैसाथ नपाले दुई क्षेत्रमा सफलता प्राप्त गर्न सफल भएको बताउनुभयो ।
महोत्तरी क्षेत्र नं १ का सांसद एवम् नेकपा(माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका प्रमुख इन्जिनियर देवेन्द्र झा, स्थानीय विकास अधिकारी कृष्ण चापागार्इं लगायतको उपस्थिति थियो । रासस
No related posts.
No comments:
Post a Comment