Thursday, July 28, 2016

मन्त्री मैनालीको संयोजकत्वमा समिति गठन

काठमाडौँ, १३ साउन । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीको संयोजकत्वमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मूल आयोजक समिति गठन गरिएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा आज भएको छलफलमा आगामी भदौ २० गते मनाइने मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दशौँ राष्ट्रिय दिवसको मूल आयोजक समारोह समितिअन्तर्गत विभिन्न उपसमिति गठन गरिएका छन् ।

मन्त्रालयका उपसचिव राधिका अर्यालले मूल समारोह समितिअन्तर्गत कार्यक्रम व्यवस्थापन, ¥याली सञ्चालन, अर्थ व्यवस्थापन, मञ्च व्यवस्थापन, पुरस्कार तथा सम्मान र प्रचारप्रसार÷सूचना सामग्री प्रकाशन उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

उक्त छलफलमा सहभागी विभिन्न सङ्घसंस्थाले समिति÷उपसमितिमा रहेर काम गर्नेछन् । मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले मानव बेचबिखन तथा ओसारपसारको विषय अत्यन्त जटिल र संवेदनशील रहेको बताउँदै यसलाई न्यून गर्न सहकार्य आवश्यकतामा जोड दिनुुभयो ।

नेपालबाट प्रत्येक वर्ष १२ हजारभन्दा बढी यौन तथा श्रम शोषणका लागि बेचबिखन हुने गरेको यस क्षेत्रमा कार्यरत संस्था माइती नेपालले जनाएको छ । मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाख जरिवाना र वेश्यावृत्तिमा लगाउनेलाई १० देखि १५ वर्षसम्मको कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवाना गरिने कानुनी व्यवस्था छ ।

नेपालको कानुनले ‘कसैलाई पनि कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाजी गरी, प्रपञ्ज मिलाई, जबर्जस्ती गरी, कारकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी हुने कार्यलाई बेचबिखन तथा ओसारपोसार’ का रुपमा परिभाषित गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts