Friday, July 22, 2016

बिपीका पहिलो स्वकीय सचिवप्रति श्रद्धाञ्जलि

पथरी (मोरङ), ७ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले निःस्वार्थ भावले पार्टीमा योगदान गर्नुभएका प्रजातन्त्रका स्वतन्त्र सेनानी उमा शर्माको आत्माले शान्ति पाउने बताउनुभएको छ ।

विराटनगरस्थित आफ्नै निवासमा प्रजातन्त्रका स्वतन्त्र सेनानी शर्माको १३ औँ पुण्यतिथिका अवसरमा काँग्रेस विराटनगर समितिद्वारा आयोजित श्रद्धाञ्जलि सभामा डा कोइरालाले भन्नुभयो, “बिपी, गिरिजाबाबु धेरै पटक प्रधानमन्त्री हुनुभयो तर उहाँले लाभको पद माग्नु भएन । डा कोइरालाले उहाँ जस्तै निःस्वार्थी भए पार्टी र देशलाई निकै फाइदा हुने बताउनुभयो ।

प्रजातन्त्रप्राप्तिको आन्दोलनमा चार वर्ष कारागार जीवन बिताउनुभएकी शर्माको १३ दिन अगाडि विराटनगरस्थित कोइराला निवासमा निधन भएको थियो । शर्मा २०१७ साल फागुन ७ गते राजा महेन्द्रविरुद्ध कालो झन्डा देखाएको आरोपमा पक्राउ परेर उहाँविरुद्ध राजद्रोहको मुद्दा चलाइएको थियो । शर्मा बिपी प्रधानमन्त्री हुँदा उहाँको स्वकीय सचिव हुनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts