Friday, July 22, 2016

भूकम्पपछिको पुनःनिर्माण वातावरणमैत्री हुनुपर्नेमा जोड

काठमाडौँ, ७ साउन । भूकम्पपछिको पुनःनिर्माण वातावरणमैत्री हुनुपर्नेमा सरोकार भएकाहरुले जोड दिनुभएको छ ।

जापान नेपाल दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका अवसरमा आज जापानको योकोहामा सहरी विश्वविद्यालय र यामादा मौरीपालन संस्थाले संयुक्त रुपमा यहाँ आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भूकम्पले हल्लाएको नेपाली जमिनमा पहिरो जानेक्रम बढेकाले सतर्क हुन अनुरोध गर्नुभयो ।

“भूकम्पले सिकाएको पाठअनुसार अबको पुनःनिर्माण भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुनुपर्छ, यसका लागि जापानले अनुभवका आधारमा नेपाललाई सहयोग गर्छ”, उहाँले भन्नुभयो ।
वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले भूकम्पपछिको पुनःनिर्माणलाई वातावरणमैत्री बनाउने गृहकार्यमा मन्त्रालय जुटेको जानकारी गराउनुभयो ।

योकोहामा विश्वविद्यालयका प्रा डा खाजुए फुजिवारा, कार्यक्रमका संयोजक एवम् जापानमा कार्यरत पहिलो अन्तर्राष्ट्रिय कानुन व्यवसायी बलराम श्रेष्ठलगायतले भूकम्पपछिको पुनःनिर्माण वातावरणमैत्री बनाई नेपाल स्वच्छ राष्ट्र भएको सन्देश विश्वव्यापी रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts