Sunday, July 24, 2016

निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्नदिन चेम्बरको माग

सरकारद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम वस्तु आयात गर्नबाट वञ्चित गरेकोमा नेपाल चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ ।

हालै सरकारले निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयातमा सहभागी गराउने नीतिअनुरुप आयातकर्ता कम्पनीको छनोट समेत गरिसकेको सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ को खारेजीले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ पैठारी गर्नबाट वञ्चित गरी पुनः सरकारको एकाधिकार कायम गरेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आयात गर्ने अनुमति दिँदा भण्डारण क्षमता वृद्धि हुने आपूर्ति व्यवस्था सहज र सरल हुने, प्रतिस्पर्धी मूल्यका कारण आम उपभोक्तालाई राहत पुग्न जाने र सरकारलाई पनि आर्थिक भार कम हुने भन्दै चेम्बरले निजी क्षेत्रलाई समेत पेट्रोलियम पदार्थको आयात गर्ने सरकारको पूर्व निर्णयलाई कायम गर्न माग गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts