Saturday, July 23, 2016

लायन्स क्लबद्वारा वृक्षरोपण

काभ्रेपलाञ्चोक, ८ साउन । लायन्स क्लब अफ इन्टरनेशनल स्थापनाको सय वर्षको अवसरमा आज यहाँ वृक्षरोपण गरिएको छ ।
लायन्स क्लब अफ इन्टरदेशनल नेपाल ३२५ बि अन्र्तगतका विभिन्न १० वटा क्लबको संयुक्त आयोजनामा साँगास्थित दिपेन्द्र प्रहरी बोर्डिङ स्कुलको हाताभित्र वृक्षरोपण गरियो । सो अवसरमा फलफुल, जडिबुटी र डाले घाँसका विभिन्न प्रजातिका विरुवा रोपिएको थियो ।
वृक्षरोपणमा लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सेन्टर, पिस सेन्टर, सगरमाथा सेन्टर, युनाइटेड नेपाल, युनाइटेड वल्ड, भ्याली वेष्ट, कामना, सुकर्म, निर्भना र ग्रीनल्याण्डका सदस्यहरु संलग्न रहेका छन् ।
लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सेन्टरका अध्यक्ष आशिष लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ इन्टरदेशनल नेपाल ३२५ बि का पूर्व सक्रेटरी कृष्णहरि थापा, एओजी कुश मल्लिकले बढ्दो वन विनासलाई नियन्त्रण गरी वातावरण संरक्षण गर्न वृक्षरोपणको महत्व रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts