Saturday, July 23, 2016

बसको ठक्करबाट साइकल चालकको मृत्यु

महेन्द्रनगर (धनुषा), ८ साउन । बसको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ ।

जनकपुर ढल्केवर राजमार्गको क्षीरेश्वरनाथ नगरपालिका–५ को अर्जन्मा चौरमा रौटहटको गौरबाट जनकपुरतर्फ गइरहेको ना ३ ख ४६९८ नम्बरको बसले सोही दिशामा गइरहेको साइकल चालकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका साइकल चालकको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले जानकारी दिनुभयो ।

मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी निरीक्षक ठकुरीका अनुसार ठक्कर दिने बस र बसका चालक इप्रका महेन्द्रनगरको नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts