Saturday, July 9, 2016

भकारो सुधारमा अनुदान

पथरी (मोरङ), २५ असार । जिल्ला कृषि विकास कार्यालय मोरङले यस वर्षदेखि भकारो सुधार कार्यक्रमलाई विस्तार गरेको छ ।

गत वर्ष दुई वटा गाविस र नगरपालिकामा सुरु गरेको सो कार्यक्रमलाई यस वर्ष पशुपालक किसानलाई लक्षित गरेर जिल्लाभरि विस्तार गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय मोरङका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलका अनुसार मोरङको राजघाट, दर्वेशा, लखन्तरी, वनीगामा, कोसीहरैचा नगरपालिकाको बेलेपुर, मृगौलिया, मधुमल्ला र बबिया विर्तामा यो कार्यक्रम लागू गरिएको हो ।

अधिकृत मण्डलका अनुसार गाईभैँसीको मलमूत्रलाई व्यवस्थित गर्दै जिल्ला कृषि विकास कार्यालयले जैविक उत्पादनलाई कार्यालयले प्रतिगोठ रु पाँच हजार २०० का दरले अनुदान उपलब्ध गराएपछि किसानले मोरङका ५०० गोठमा भकारो सुधार कार्यक्रम लागू गरेका छन् । अनुदानबाट गोठमा मलमूत्र हाल्ने ट्याङ्की र ओत निर्माण गर्ने गरी भकारो सुधारका कामले किसानसमेत हौसिएका छन् ।

मोरङ राजघाट–७ का किसान राधाकृष्ण न्यौपानेले भकारोलाई व्यवस्थित गरी मललाई बढाउँदै लानुभएको छ । कृषक भीमबहादुर याङ्देन र वीरबहादुर कार्कीले समेत भकारोलाई व्यवस्थित गरी काम गरिरहनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts