Saturday, July 9, 2016

सर्पले डस्दा बालकको मृत्यु

कावासोती, २५ असार । नवलपरासीको कावासोतीमा सर्पले डस्दा ७ वर्षीय बालकको मृत्यु भएको छ । कावासोती –२ विपीचोक निवासी सचिन भण्डारीका छोरा रिसिद भण्डारीको गएराति सर्पले डसेर मृत्यु भएको हो ।

लुम्बिनी बोर्डिङ स्कुल कावासोतीको कक्षा– १ मा अध्ययनरत भण्डारीको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको लुम्बिनी बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जानकारी दिनुभयो ।

रातको समयमा सर्पले डसेपछि उपचारका लागि बालकलाई चितवन लगिएको थियो । नवलपरासीको नवलपुर क्षेत्र विषालु सर्प प्रभावित क्षेत्रमा पर्दछ । यहाँ बर्सेनि १०÷१५ जना सर्पको डसाइबाट मर्ने गरेका छन् ।

आइसियु कक्षमै राखेर उपचार गर्ने अस्पताल यस क्षेत्रमा नहुँदा सर्पदंशका बिरामीहरुको समयमा उपचार हुननसकी ज्यान जाने गरेको कालीगण्डकी सामुदायिक अस्पतालका प्रमुख डा गोपाल खनालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts