फलेवास (पर्वत), २९ असार । कुश्मा नगरपालिका–६ दुर्लुङस्थित सल्यानमा आज साँझ जन्ती बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
कुश्मा नगरपालिका–१८ पकुवा दुर्लुङबाट बेहुली लिएर फर्किने क्रममा ध १ ख ९७ नंको मिनिबस दुर्घाटनामा परेको हो । तीव्र गतिका कारण बस सडकबाट पाँच मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । बसमा सवार बेहुला र बेहुली भने सकुशल रहेको जानकारी प्रहरीले दिएको छ । रासस
No related posts.
No comments:
Post a Comment