पोखरा, १८ असार । कास्की जिल्लाको ढिकुरपोखरी गाविस–१ स्थित जङ्गबहादुर विकको घरमा आज दिउँसो आगलागी हुँदा रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट निज जङ्गबहादुरले मजदुरी गरेर जोडेको आठ मुरी धान, लत्ताकपडा र अन्य धनमाल जलेको प्रहरीले जनाएको छ ।
आगलागी भएको समयमा पीडित जङ्गबहादुरका दम्पती खेतमा काम गर्न गएका थिए । आगलागी भएको स्थानीयवासीले तुरुन्तै थाहा पाएपछि गोठमा बाँधेको भैँसी फुकाएर जोगाइदिएका थिए । रासस
––––––––
No comments:
Post a Comment