काठमाडौँ, ८ साउन । नेपाल बक्सिङ सङ्घको नयाँ कार्यसमितिका पदाधिकारीले बक्सिङ खेलाडी ईन्द्रबहादुर रानामगरलाई रु एक लाख १२ हजार ५०० सहयोग गरेको छ ।
एक वर्षदेखि अर्बुद रोगपीडित भई नेपाल क्यान्सर हस्पिटलमा उपचाररत खेलाडी रानामगरलाई बक्सिङ सङ्घका अध्यक्ष श्रीराम अवालेले यहाँ आज आयोजित एक कार्यक्रममा उक्त रकम हस्तान्तरण गर्नुभयो ।
रानामगरको उपचारमा संलग्न चिकित्सक डा कपिन्द्र अमात्यका अनुसार उहाँको आन्द्राको धेरै भागमा क्यान्सर फैलिइसकेको छ ।
सघन उपचार कक्ष(आइसियू)मा राखेर उपचार भइरहेको रानामगरलाई अहिले श्वास फेर्नसमेत गा¥हो भइरहेको बताइएको छ । साथै उहाँको मस्तिस्कमा समेत सङ्क्रमण फैलिएको हुनसक्ने चिकित्सकको भनाइ छ । रासस
No comments:
Post a Comment