Saturday, July 23, 2016

भालेको आक्रमणबाट पोथी गैंडाको मृत्यु

चितवन, ८ साउन । चितवनको सेतीदेवी सामुदायिक वनमा आज एक पोथी गैंडाको मृत्यु भएको छ ।

करिब छ वर्षको उक्त पोथी गैंडा भालेको आक्रमणमा परी घाइते भएको थियो । गत बिहीबारदेखि घाइते अवस्थामा रहेको गैंडाको उपचारको क्रममा आज मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

प्रजननयोग्य उक्त पोथी गैंडा सहवासको क्रममा घाइते भएको हुनसक्ने कँडेलको अनुमान छ ।

उक्त गैंडालाई निकुञ्ज र वनका कर्मचारीले मुचुल्का उठाएर खाग, खुर निकालेर खाल्टोमा पुरिएको कँडेलले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts