Saturday, July 16, 2016

‘भेट्रान्स’ टेबलटेनिसमा पाँच राष्ट्र सहभागी हुने

काठमाडौँ, १ साउन । प्रथम दक्षिण एसियाली ‘भेट्रान्स’ टेबलटेनिस प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही साउन ८ गतेदेखि नेपालमै हुने प्रतियोगिताका लागि २४ घरेलु खेलाडीले सहभागी जनाउनेछन् । त्यस्तै भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तानबाट जम्मा ४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आठ स्पर्धा समावेश प्रतियोगितामा ४० र ५० वर्षमाथिको पुरुष÷महिला टोली तथा ४० र ५० वर्षमाथि पुरुष÷महिला एकल खेल हुने बताइएको छ । क्वार्टरफाइनलसम्मका खेल ‘वेस्ट अफ फाइभ’ तथा सेमिफाइनल र फाइनल ‘बेस्ट अफ सेभेन’ का आधारमा खेलाइनेछ ।

तीनदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न २० निर्णायक खटिने आयोजक नेपाल भेट्रान्स टेबलटेनिस सङ्घका उपाध्यक्ष तथा आयोजक समितिका अध्यक्ष नवीनबहादुर शाक्यले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts