उर्लाबारी (मोरङ), १४ साउन । मोरङको पथरी–शनिश्चरे नगरपालिका कार्यालयले पथरीबजारमा पर्ने पूर्व–पश्चिम मुख्य राजमार्ग क्षेत्रमा नाला निर्माणका लागि शरणार्थी सम्बन्धी राष्ट्सङ्घीय उच्चायोग(युएनएचसिआर)सँग माग गरेको छ ।
भुटानी शरणार्थी प्रभावित क्षेत्रका रुपमा रहेको सो ठाउँका लागि नाला निर्माणका निम्ति रु दुई करोड २४ लाखको लागत योजना पेस गरिएको नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले जानकारी दिनुभयो । दुबै तर्फको गरी त्यहाँको एक किलोमिटर १०० मिटर क्षेत्रमा नाला निर्माणका लागि उच्चायोग झापाको दमकस्थित ‘फिल्ड’ कार्यालयमार्फत माग गरिएको छ ।
मुख्य चोकमै नाला निर्माण नहुँदा फोहोर व्यवस्थापनमा समस्या भई बजारको रुप बिग्रिएको छ । रासस
No related posts.
No comments:
Post a Comment