Tuesday, July 5, 2016

अस्ट्रियाको राष्ट्रपतिको पुनः निर्वाचन अक्टोबरमा

अस्ट्रिया, २१ असार । अस्ट्रियाको राष्ट्रपतिका लागि भएको निर्वाचन परिणामप्रति असहमति जनाउँदै यहाँको दक्षिणपन्थी दल फ्रिडम पार्टीले लगातार विरोध जनाएपछि अन्ततः आगामी अक्टोबर २ का लागि निर्वाचनको मिति घोषणा गरेको छ ।

मङ्गलबारको मन्त्रिपरिषद्को निर्णयबमोजिम आगामी अक्टोबार २ मा पुनः मतदान हुनेछ ।

सरकारले पूर्व नतिजालाई पुनः गणना गरी प्रतिपक्षीको विश्वास दिलाउन सहज नभएकोले नयाँ मतदान प्रक्रियामा जाने निर्णय लिइएको अस्ट्रियन चान्सलर क्रिस्टियन कर्नले मङ्गलबार बताउनुभयो ।
यो नै विश्वासिलो र सजिलो प्रक्रिया हुने निष्कर्षका साथ आगामी अक्टोबारमा पुनः निर्वाचन गरिने उहाँको भनाई थियो ।

फ्रिडम पार्टीले राष्ट्रपतिको निर्वाचनको मतगणनामा व्यापक अतियमितता भएको दाबी गर्दै पुनः निर्वाचन गर्नुपर्ने बताउँदै अदालतको ढोका ढकढकाउन पुगेपछि यहाँको उच्च अदालतले उक्त मुद्दा उपर सुनुवाई गर्ने क्रममा ६० जना प्रत्यक्षदर्शीबाट मतगणना र नतिजाका सम्बन्धमा सोधपुछ गरेको र यसबाट गणनामा अनियमितता भएको निष्कर्ष निकालेको हो ।

सन् २०१६ को मे मा भएको निर्वाचन परिणाम अनुसार फ्रिडम पार्टीका उम्मेदवार नोवर्ट होफर स्वतन्त्र ग्रीन पक्षधर उम्मेदवार अलेक्जेन्डर भानडेर बेलेनसँग सामान्य मत अन्तर (०.६ प्रतिशत) ले पराजित भएको घोषणा गरिएको थियो ।

तर फ्रिडम पार्टीले दशौँ हजार मत बाकस औपचारिक गणना सुरु हुनुपूर्व नै सामान्य निर्वाचन आचारसंहिता विपरित खोलिएको बताउँदै अदालतमा पुगेको थियो । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts