इस्तानबुल, २१ असार । गत मङ्गलबार टर्कीको इस्तानबुलमा भएको आतङ्ककारी हमलामा रसियाली नागरिकको पनि हात रहेको समाचारमा जनाइएको छ ।
इस्तानबुल प्रहरीले गरेको अनुुसन्धानमा उक्त आक्रमणमा रसियालीको पनि सम्लग्नता रहेको पाइएको जानकारी दिइएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवदेनमा हालसम्म प्रहरीले गरेको अनुसन्धानबाट प्रत्यक्ष रुपमा सम्लग्नता रहेका ३० जना पाइएको जनाइएको छ ।
त्यसमा ११ जना रसियाली भेटिएको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा छ जना टर्कीस् नागरिकको सम्लग्नता भेटिएको पनि प्रहरीले जनाएको छ ।
गत जुन २८ मा इस्तानबुलको एक विमानस्थलमा भएको सो आतङ्ककारी हमला आइएसको योजनामा नै भएको पुष्टि भएको टर्कीस् प्रहरीले जनाएको छ ।
सो हमलामा परी ४५ जनाको ज्यान गएको थियो । मारिनेमा १९ जना विदेशी रहेका थिए । त्यसमा परी थप दर्जनौँ व्यक्ति घाइते भएका छन् । रासस÷एएफपी
No comments:
Post a Comment