Tuesday, July 19, 2016

दधिराज सुवेदी राष्ट्रिय पुरस्कार भट्टराई र थापालाई

काठमाडौँ, ४ साउन । यस वर्षको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार साहित्यकार प्रा डा गोविन्दराज भट्टराई र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गरिने भएको छ ।

नेपाली भाषा, साहित्य र पत्रकारिताको समृद्धि र यस क्षेत्रसँग सम्बद्ध व्यक्तित्व र संस्थाको सम्मान गर्ने उद्देश्यले स्थापित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान, विराटनगरले आज पुरस्कारको घोषणा गरेको हो ।

समालोचना, निबन्ध र आख्यान विधामा लामो समयदेखि योगदान पु¥याएको भन्दै प्रा डा भट्टराईलाई रु ५१ हजार राशिको राष्ट्रिय भाषा साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

यसैगरी थापाले पत्रकारितालाई मर्यादित बनाउँदै लामो समयदेखि सूचना सम्प्रेषणको स्वतन्त्रता, निष्पक्षता र पत्रकारिताको समृद्धिका लागि विशेष योगदान पु¥याएवापत रु २५ हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले जनाउनुभएको छ ।

प्राज्ञ, साहित्यकार, पिता दधिराज सुवेदीको सम्मानका लागि सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले रु १५ लाख अक्षय कोषमा राखी सोबाट आउने ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । उक्त पुरस्कार आगामी असोजमा विशेष समारोहबीच विराटनगरमा वितरण गरिने प्रतिष्ठानले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts