काठमाडौँ, ४ असार । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्द पोखरेल नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को गत असार ३१ को बैठकको निर्णयअनुसार पोखरेललाई आज सूचना तथा सञ्चार मन्त्रालयले संस्थान सञ्चालक समितिको नियुक्तिपत्र दिएको हो । उहाँलाई सरकारले चार वर्षका लागि नियुक्त गरेको हो ।
तत्कालीन अध्यक्ष रमेश तूफानको कार्यकाल गत महिना सकिएपछि सो पद रिक्त रहेको थियो । सङ्खुवासभा खाँदबारीमा जन्मनुभएका पोखरेल विगत २५ वर्षदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । रासस
No comments:
Post a Comment