Monday, July 11, 2016

सत्ता गठबन्धनलाई थप सुदृढ ढङ्गले अघि बढाइने

काठमाडौँ, २७ असार । सत्ता गठबन्धनभित्र असमझदारी अन्त्य गर्नेबारे सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच आज परामर्श भएको छ ।

सत्तारुढ दलको आइतबारको बैठकले गठबन्धनभित्र देखिएको असमझदारी टुङ्ग्याउने जिम्मेवारी दिएपछि आज नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा गठबन्धनभित्र देखिएका असमझदारी अन्त्य गरी सहकार्यलाई थप सुदृढ ढङ्गले अघि बढाउने सहमति भएको बताइएको छ । दुई नेताबीच वर्तमान गठबन्धनलाई थप सुदृढ बनाई राष्ट्रिय सहमतिको स्वरुप दिने र त्यसका लागि दुवै पक्षले आवश्यक पहल गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई जानकारी दिनुभयो ।

यसअघि बिहान माओवादी केन्द्रको बैठकले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न छलफल गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts