भक्तपुर, २७ असार । शान्त र सुरक्षित जिल्ला बनाउने उद्देश्यले आजदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले यहाँ आज आयोजना गरेको कार्यक्रममा प्रजिअ तेजप्रसाद पौडेलले ‘प्रहरी मेरो साथी’ अभियानको उद्घाटन गर्दै नागरिक र प्रहरीबीचको दूरीलाई घटाएर अपराधमुक्त समाजको निर्माणका लागि सुरु भएको ‘प्रहरी मेरो साथी’ अभियान सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गर्दै अपराधमुक्त समाजको निर्माणमा प्रहरी जुटेको बताउनुभयो । परिसरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जिल्लाका नगर, गाउँदेखि विद्यालयसम्ममा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगले प्रहरी र नागरिकको सम्बन्ध सुधार हुन सके जस्तोसुकै अपराध पनि नियन्त्रण गर्न सकिन्छ भन्नुभयो । रासस
No comments:
Post a Comment