Monday, July 4, 2016

इस्तानबुल आक्रमणमा १३ जना आरोपित

इस्तानबुल, २० असार । टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा १३ व्यक्तिको संलग्नता रहेको प्रहरी आइतबार ठहर गरेको छ ।
आरोपितहरुमा १० जना टर्कीज नागरिकहरु नै रहेका जनाइएको छ । सदिग्ध आरोपितहरु प्रहरीको हिरासतमा रहेका बताइएको छ ।

प्रहरीले यस आक्रमणको अनुसन्धान सुरु गरेदेखि हालसम्म २९ जना व्यक्तिलाई पक्राउ गरिसकेको बताइएको छ ।

एक हप्ता अगाडि भएको यस आतङ्ककारी हमलामा १९ जना विदेशीहरुसहित ४५ जनाको ज्यान गएको थियो । स्तानबुलको अतातुर्क विमानस्थलमा सो विस्फोट गराइएको थियो ।

यस आक्रमणमा घाइते भएकामध्ये अझ पनि ४९ व्यक्ति उपचारार्थ अस्पतालमा रहेका छन् । रासस ÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts