Thursday, July 21, 2016

एसएल शर्मा पत्रकारिता पुरस्कार शङ्करलाई

सुरुङ्गा (झापा), ६ साउन । पत्रकार एसएल शर्माका स्मृतिमा स्थापित ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार–२०७३’ भद्रपुर निवासी पत्रकार राजबाबु शङ्करलाई प्रदान गरिने भएको छ ।

स्व शर्माका सन्ततिद्वारा स्थापित एवम् नेपाल पत्रकार महासङ्घद्वारा संयोजित सो पुरस्कारको राशि रु २१ हजार छ । त्यस्तै शर्माकी धर्मपत्नी पार्वतीदेवीका स्मृतिमा स्थापित ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट शनिअर्जुन–२ की पत्रकारपत्नी अमिता राईलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि रु ११ हजार र सम्मानपत्र रहेको छ ।

महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिको आज बसेको बैठकले पुरस्कृत हुनेको नाम चयन गरेको हो । पुरस्कार आगामी चैत १६ गते वितरण गरिनेछ ।

पत्रकार शङ्कर २०४२ सालदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ भने पत्रकारितामा प्रोत्साहन गर्ने पत्रकारपत्नीमध्येबाट एक जनालाई प्रदान गरिने पार्वती पुरस्कार प्राप्त गर्ने राईका पति रमेश समदर्शी राई ‘जनचाहना’ साप्ताहिक पत्रिका २०५० सालदेखि क्रियाशील हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts