Thursday, July 21, 2016

जिविस परिसरमै खुकुरी प्रहार

तनहुँ, ६ साउन । बोलपत्र दर्ता गराउन गएका एक व्यक्तिमाथि आज जिविस परिसरमै हतियार प्रहार भएको छ ।

जिविस पुग्नुृभएका व्यास नगरपालिका–५ का २७ वर्षीय विष्णुबहादुर रानामाथि आयुष बरालको टोलीले खुकुरी प्रहार गरेको प्रहारीले जनाएको छ । घाइते रानाको अनुहारमा गहिरो चोट लागेकाले दमौली अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न नौ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । प्रहरीले घटनास्थलबाट खुकुरी र चक्कु समेत बरामद गरेको छ । खुकुरी प्रहार गर्नेले बोलपत्र दर्ताका लागि पेस गर्न लगिएको आवश्यक कागजपत्र समेत लुटेका थिए ।

जिविसले गत असार १० गते सेती, हलेदी, तालबेंसी, साखरबेनी, नारीघाट, मार्कीचोक, मादीसेती, काहुँशिवपुरलगायत २० घाटमा आन्तरिक खरिद बिक्रीका लागि प्रथम पटक ढुङ्गा, गिट्टी र बालुवाका लागि रु तीन करोड ५० लाखको बोलपत्र आह्वान गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts