Monday, July 4, 2016

चीनमा पहिरोमा परी सातजना बेपत्ता

चीन, २० असार । चीन को गुइजोउ प्रान्तमा सोमबार बिहान सबेरै आएको पहिरोमा परी सात व्यक्ति बेपत्ता भएका छन् ।

स्थानीय समयाअनुसार सोमबार मध्यराति २ बजे टोङ्गरेन सहरको किङ्गताङ्ग गाउँमा गएको पहिरोमा सात व्यक्ति बेपत्ता हुनुको साथै पाँच वटा घरसमेत बगाएको जनाइएको छ ।

त्यस पहिरोबाट भएको क्षतिको उद्धार कार्य जारी रहेको बताइएको छ । गत शुक्रबार पनि गुइजोउ प्रान्तको सिआनपो गाउँमा आएको पहिरोमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको थियो ।
पहिरोका कारण गाउँ नै जोखिममा परेको जनाइएको छ । त्यस क्षेत्रका नागरिकलाई अन्यत्रै सारिएको बताइएको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts