काठमाडौँ, ८ साउन । युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले सभासद् अमरेशकुमार सिंहले संसदीय मर्यादा र मूल्यभन्दा फरक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक रोगी भनेको पुष्टि गर्न चेतावनी दिँदै सिंहलाई तत्काल हिरासतमा लिई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।
सभासद सिंहले आज संसदमा प्रधानमन्त्रीविरुद्वको अविश्वास प्रस्तावमाथिको छलफलमा बोल्नु भएको कुरालाई लिएर आज साँझ गोङ्गबुमा भएको प्रदर्शनमा उहाँले सो माग गर्नु भएको होे ।
युवा सङ्घ नेपालका प्रवक्ता प्रभात विक्रम कटुवालले हस्ताक्षर गरेको आज प्रकाशित वक्तव्यमा जनाइए अनुसार आइतबार बानेश्वरमा युवा सङ्घ नेपाल र विद्यार्थीले देशभरि सिंहका विरुद्धमा प्रदर्शन गर्ने निर्णयसमेत भएको छ । रासस
No comments:
Post a Comment