काठमाडौँ, ८ साउन । नेपाल ‘बी’ टोली प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको खेलमा नेपाल ‘बी’ ले बङ्गलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो ।
त्यस्तै बङ्गलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउँदै यही समूहबाट उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल भयो । त्यसैगरी समूह ‘ए’ बाट भारत ‘ए’ विजेता र माल्दिभ्स उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।
भारत ‘ए’ ले भारत ‘सी’, माल्दिभ्स र नेपाल ‘ए’ विरुद्ध समान ३–० को जित निकाल्यो । साथै माल्दिभ्सले नेपाल ‘ए’ लाई ३–० तथा भारत ‘सी’लाई ३–१ ले पाखा लगायो ।
नेपाल भेट्रान्स टेबलटेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० वर्षमाथिको टिम इभेन्टको समूह ‘ए’ बाट भारत ‘ए’ विजेता तथा नेपाल ‘बी’ उपविजेताका रुपमा अन्तिम चारमा पुगे । समूह ‘बी’ बाट नेपाल ‘ए’ विजेता र भारत ‘सी’ उपविजेता बन्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
त्यस्तै, भारत ‘ए’ ले भारत ‘बी’, नेपाल ‘बी’ र पाकिस्तानलाई समान ३–० ले पन्छायो । नेपाल ‘बी’ ले भारत ‘बी’ लाई ३–० तथा पाकिस्तानलाई ३–२ ले निरास बनायो ।
त्यसैगरी, नेपाल ‘ए’ ले भारत ‘बी’ लाई ३–१, माल्दिभ्सलाई ३–० तथा भारत ‘सी’ लाई ३–१ ले पराजित ग¥यो । भारत ‘सी’ ले भारत ‘बी’ लाई ३–२ तथा माल्दिभ्सलाई ३–० ले हरायो ।
तीनदिने प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आजै एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment