Monday, July 25, 2016

थनेतको निधनप्रति दाहालको शोक

काठमाडौँ, १० साउन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सल्लाहकार खड्गबहादुर थनेतको निधनमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज शोक वक्तव्य प्रकाशन गर्दै सामाजिक अभियानकर्मी समेत रहनुभएका थनेतको निधनले पार्टी तथा क्रान्तिप्रति क्षति भएको उल्लेख गर्नुभएको छ ।
नवलपरासी, कावासोती नगरपालिका–१४ डन्डा निवासी ६७ वर्षीय थनेतको यही साउन ६ गते नारायणी सामुदायिक अस्पताल चितवनमा उपचारका क्रममा निधन भएको थियो । तत्कालीन जनमोर्चाको नवलपरासी जिल्लाका संस्थापक अध्यक्ष हुँदै पार्टीका विभिन्न जिम्मेवारीमा रहेका काम गर्दैआउनुभएका थनेतका छ छोरा र श्रीमती हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts