सिन्धुली, १० साउन । पहिराबाट पुरिँदा गम्भीर घाइते भएकी कमलामाई नगरपालिका–१० करकरे निवासी ५५ वर्षीया विन्दाकुमारी श्रेष्ठको उपचारका क्रममा आज मृत्यु भएको छ ।
स्थानीयवासी मोतीलाल श्रेष्ठको पसल पहिराले बगाउँदा उहाँकै श्रीमती बिन्दाकुमारीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पहिराबाट पुरिँदा गम्भीर घाइते भएका विष्णुप्रसाद कोइरालालाई जोरपाटीमा रहेको अर्थोपेडिक्स र रुपमनी मगरलाई बिएन्ड बि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब निरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिनुभयो ।
गम्भीर घाइतेलाई एम्बुलेन्समा लैजान नसकिने भएपछि नेपाली सेनाको हेलिकप्टर माग गरिए पनि मौसमका कारण काठमाडौँबाट उड्न नसकेको जिप्रका सिन्धुलीले जनाएको छ । रासस
No comments:
Post a Comment