रत्ननगर (चितवन), ११ साउन । चितवनको भरतपुरमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ ।
ना २ ख ७४७९ नंको टिपर उकालोमा ‘ब्याक’ भई ठक्कर दिँदा सोही गाडीका सहचालक मकवानपुरका १८ वर्षीय सञ्जीव स्याङ्बोेको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
गाडीका चालकलाई नियन्त्रणमा लिएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment