Tuesday, July 26, 2016

जिप दुर्घटनामा सहचालकको मृत्यु

दमौली, ११ साउन । तनहुँको भानु नगरपालिका–२ मुङग्रेमा सोमबार जिप दुर्घटना हँुदा सहचालककोे मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको छाङ–८ बस्ने १३ वर्षीय मान सिंह विक रहेका छन् ।

विकको लक्ष्मी अस्पताल डुम्रेमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी नौ जना यात्रु घाइते भएका छन् । ग १ ज ६२५२ नंको जिप दुर्घटना हुँदा ती यात्रुहरु घाइते भएका हुन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक गजेन्द्र चौधरीले बताउनुभयो ।

डुम्रेबाट बेसीसहर जाँदै गरेको उक्त जिपले बसलाई ‘ओभर टेक’ गर्ने क्रममा सडकबाट १५ मिटर तल खसी दुर्घटनाग्रस्त भएको हो । जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts