Wednesday, July 6, 2016

महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यका केही सुधार

काठमाडौ, २३ असार । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको छ ।
मंगलबार साँझ अस्पताल भर्ना हुनुभएका कोइरालाको राती नै स्वास्थ्य बिग्रिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कोइरालाको अवस्था अझै गम्भीर रहेकाले भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ ।
केही सुधार आएको तर अवस्था अझै पनि जटिल नै रहेको अस्पतालले जनाएको छ । आज बिहान मान्छे चिन्ने, आखाँ खोलेर प्रतिक्रिया जनाउनेसम्मको सुधार देखिएको उपचारमा संलग्न चिकित्सक लव नरसिंह जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले ९ बजेसम्म उहाँको स्वास्थ्यका विषयमा अस्पतालले जानकारी गराउनेछ । मंगलबार ८ बजे अचानक असजिलो महसुस भएपछि ओम अस्पताल पुग्नुभएका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts