काठमाडौ, २३ असार । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् ।
अरबि पात्रोअनुसार दसौं महिनाको पहिलो दिन मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउने गर्दछन् । आज सामुहिक रुपमा नमाज पढेर गला मिलाएर खुसी साट्ने गर्दछन् । खुसीपूर्वक शरिरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबि पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन हिजो बेलुकी चन्द्रमा देखिएपछि बिहीबार इद उल फित्र मनाइएको हो ।
यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि मीठो मसिनो खाने गर्दछन् । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ ।
यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । आज सरकारले इदका अवसरमा सार्वजनिक विदा दिएको छ । इदका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनु भएको छ । राष्ट्रपति भण्डारीले इदले सबैमा सदभाव कायम गर्ने विश्वास गर्नु भएको छ ।
Wednesday, July 6, 2016
मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै, आज सार्वजनिक विदा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment