पेरिस । युरोकपको उपाधी पोर्चुगलले जितेको छ । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगल कुनै पनि ठुलो अन्तराष्ट्रिय प्रतियोगिताको उपाधी पहिलो पटक जितेको हो ।
फ्रान्समा भएको खेलमा निर्धा्रित ९० मिनेट सम्म दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । तर थपिएको समयको १९ औं मिनेटमा पोर्चुगलका लागि इडरले गोल गर्नुभयोे । त्यसपछि कुनै गोल हुन सकेन र खेल पोर्चुगलले जित्यो । पोर्चुगलले खेलको २४ औं मिनेटमा घाइते भएपछि आफ्ना महत्वपूर्ण खेलाडी क्रिस्टीयानो रानाल्डोलाई गुमाउनु परेको थियो ।
दुबै तर्फबाट गोलका दर्जनौं प्रयास भएका थिए । दुबै टोलीका किपरले दर्जनौं प्रहार रोकेका थिए । फ्रान्सको एउटा प्रहार पोष्टमा लागेर फर्किएको थियो भने पोर्चुगलको प्रहार पनि क्रसबारमा लागेको थियो । शुरुमा सामान्य प्रदर्शन गरेको पोर्चुगलले थपिएको समयपछि उत्कृष्ट प्रदर्शन गरेको थियो । तर फ्रान्स भने प्रतियोगिता भर राम्रो प्रदर्शन गरेर पनि फाइनलमा चुक्यो ।
सय मिनेट भन्दा लामो समय रोनाल्डो बिना नै खेलेको पोर्चुगलले जुधारु प्रदर्शन गरेको थियो । रोनाल्डोले युरोकप २०१६ को फाइनलमा पुरै समय खेल्न नसके पनि आफ्नो देशका लागि पहिलो उपाधी जितेका जित्नु भएको छ । सन् २००४ को युरोकपको फाइनलमा घरेलु मैदानमा ग्रिससँग पराजित भएको पोर्चुगललाई उपाधी सम्म पु¥याउन रोनाल्डोको महत्वपूर्ण भुमिका छ ।
प्रतियोगिताभर ६ गोल गरेका फ्रान्सका ग्रिजम्यानले गोल्डेन बुटको उपाधी जितेका छन् । फाईनलमा गोल गर्न नसकेका उनले समूह चरण, प्रि क्वार्टर फाइनल र क्वार्टर फाइनल र सेमिफाइनलमा गरी कुल ६ गोल गरेका थिए ।
Sunday, July 10, 2016
युरोकपको उपाधी पोर्चुगललाई, फ्रान्स पराजित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment