Sunday, July 10, 2016

पर्वतका करिब २३ हजार युवा वैदेशिक रोजगारमा

rojgarपर्वत । यस जिल्लाका करिब २३ हजार युवायुवती वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा रहेका छन् ।

भारतबाहेक नेपाल सरकारबाट स्वीकृत प्राप्त राष्ट्रमा जाने युवायुवतीको सङ्ख्या २२ हजार ७०० पुगेका छन् । जसमध्ये १९ हजार पुरुष र तीन हजार ७०० महिला रहेका छन् । जिल्लाका कुल ३५ हजार ७०० घरपरिवारमध्ये झन्डै १६ हजार घरपरिवारबाट एकदेखि तीन जनासम्म वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।

विदेशिने युवायुवतीबाट वार्षिक रुपमा जिल्लामा रु सवा आठ अर्ब विपे्रषण भित्रिने गरेको छ । बढ्दो वैदेशिक रोजगारीसँगै भित्रिने गरेको विप्रेषणका कारण जिल्लावासीको आर्थिक आत्मनिर्भरता बढेर गएको छ ।

विभिन्न मुलुकमा जानेले प्राप्त गर्ने तलबमान र जिल्लामा क्रियाशील मनि ट्रान्सफरले दिएको तथ्याङ्कअनुसार वार्षिक रु आठ अर्बभन्दा बढी विप्रेषण भित्रिने गरेको हो । विप्रेषण भित्रिने क्रम पनि बर्सेनि बढ्दै गएको छ । हालै जिल्लामा सार्वजनिक गरिएको तथ्याङ्कमा स्वदेशका विभिन्न पेसा व्यवसायभन्दा वैदेशिक रोजगारीबाट आत्मनिर्भर हुन थालेकाले विप्रेषणको दर पनि बर्सेनि बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो विदेशीने युवायुवतीको वृद्धिसँगै जिल्लामा खाद्यान्न उत्पादनमा समेत ह्रास आउन थालेको छ । जनशक्तिको अभावमा बाँझो जमिन बढ्दै जान थालेपछि जिल्लामा खाद्यान्न उत्पादन समेत घट्दै जान थालेको हो ।

सरकारले विश्वका झन्डै ४५ वटा राष्ट्रमा रोजगारी तथा अन्य पेसा व्यवसायका लागि जान नेपालीलाई स्वीकृत दिने गरेको छ । गत आवमा मात्रै नेपालबाट चार लाखले श्रम स्वकृति लिई विदेश गएका छन भने श्रम स्वीकृति प्राप्त नगरी विदेश जानेको सङ्ख्या पनि उत्तिकै छ । पर्वत जिल्लाबाट वार्षिक रुपमा पाँच हजारभन्दा बढी युवायुवती विदेशिने गरेको तथ्याङ्क छ । जसमध्ये खाडीमुलुकमा जानेको सङ्ख्या ४५ प्रतिशतभन्दा बढी छ भने युरोप, अमेरिका, अस्टे«लिया, जापान, क्यानडा, अफगानिस्तान, इजरालय, बेलायत, लिविया, कोरियालगायतका देशमा गएको पाइएको छ ।

विदेशिनेमा खासगरी लेवर काम गर्ने ७५ प्रतिशतभन्दा बढी छन् । कृषि, पशुपालन उद्योग, भवन निर्माण, होटललगायतका क्षेत्रमा काम गर्नका लागि जानेको सङ्ख्या उल्लेख्य मात्रामा रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts